ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार २९, २०८०
495 पटक हेरिएको
भीम आदर्शमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता

२१० औं भानु जयन्तिको अवसरमा शक्रबार भीम आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकको सभापतित्वमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा प्रअ माकले विद्यार्थी धेरै मानिसको अगाडि आएर बोल्न सक्नु नै पहिलो जीत हो भन्दै समाजको हितको लागि घाँसीले बनाएको कुवाबाट प्रभावित भएर भानुभक्तले समाजको उत्थानको लागि साहित्य सृजना गरेको बताए ।

उहाँले विद्यार्थीहरूको प्रतिभा प्रफुस्टनको लागि विद्यालयको वार्षिक कार्य तालिका अनुसार सो कार्यक्रम भएको बताउँदै उत्कृष्ट कविता बाचन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

शिक्षक पूजा दाहालले कविता बाचन गर्दै संचालन गरेको सो प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा २ देखि ७ सम्मका १५ जना विद्यार्थीहरुले विभिन्न साहित्यकारको कविता बाचन गरेका थिए ।

उक्त प्रतियोगितामा कक्षा २ का प्रशान्त तामाङ, ३ का निङ्बर तामाङ,कक्षा ४ का सन्जय बस्नेत एवम् कक्षा ५ का दीपशिखा तामाङ सान्त्वना तथा कक्षा ६ का मनिषा सिन्चाैरी, खुसी तामाङ तथा दीपिका गुप्ता क्रमशः तृतीय, द्वितीय तथा प्रथम भएका थिए ।