ताजा अपडेट

ट्रेन्डिङ

ख्वप र वागीश्वरी मावि ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड’बाट सम्मानित

Gyan Khabar

ज्ञानखबर

आइत, असार ३१, २०८०
849 पटक हेरिएको
ख्वप र वागीश्वरी मावि ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड’बाट सम्मानित

भक्तपुर नगरपालिकाका दुई सामुदायिक विद्यालय प्लस टु एक्सिलेन्स एजुकेसन सम्मानबाट सम्मानित भएको छ ।

भक्तपुर नगरपालिका वडा नं ६ देकोचा स्थित ख्वप मावि र वडा नं ९ च्याम्हासिङ स्थित वागीश्वरी मावि ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन सम्मान – २०८०’ सम्मानित भएको हो ।

देशभरका सामुदायिक विद्यालयहरूमा ख्वप मावि दोश्रो र वागीश्वरी मावि सोर्हौं उत्कृष्ट सामुदायिक विद्यालय घोषणा गर्दै सम्मान गरिएको हो ।

FB IMG 1689570620435

गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मूलमर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएको भन्ने आमधारणालाई चिर्दै उच्चतम् शैक्षिक प्रतिफल हासिल गर्न सफल यस विद्यालयलाई शैक्षिक क्षेत्रमा पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन सम्मान – २०८०’ बाट सम्मानित गरिएको हो ।

FB IMG 1689570644070

ख्वप मावि भक्तपुर नगरपालिकाद्वारा सन्चालित शैक्षिक संस्था हो । नगरपालिकाले यसबाहेक पनि ६ वटा कलेजहरु सञ्चालन गर्दै आएको छ ।