ताजा अपडेट

ट्रेन्डिङ

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित

Gyan Khabar

ज्ञानखबर

शुक्र, अशोज २६, २०८०
408 पटक हेरिएको
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित

सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

‘नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईंउपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि पदीय जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रीस्तरीय निर्णयले उनलाई ११ बुँदे स्पष्टिकरण सोधिएको थियो।

hib basaula