ताजा अपडेट

ट्रेन्डिङ

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २, २०८०
312 पटक हेरिएको
ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ ।

यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो ।
प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ :

रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार)
उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार)
रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार)

यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् ।

हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ ।

‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।

WhatsApp Image 2023 12 14 at 4.44.41 PM

आईएलटीएसबारे
अन्तरराष्ट्रिय अंग्रेजी भाषा परीक्षा प्रणाली (आईईएलटीएस) उच्च शिक्षा र आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर झन्डै १२ हजार संगठनहरूले आईईएलटीएसलाई विश्वास गरिरहेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी र पेशागत निकायहरू प्नि छन् ।
आईईएलटीएस ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीएस अष्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट इंगलिशको संयुक्त स्वामित्वमा रहेको छ । थप जानकारीका लागि यहाँ हेर्नुुहोस्: www.ielts.org

ब्रिटिश काउन्सिलबारे
ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसरका लागि बेलायती अन्तरराष्ट्रिय संगठन हो । हामीहरू बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एकआपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई टेवा दिन्छौं । हामीले यो काम हाम्रो कलाकृति, संस्कृति र अंग्रेजी भाषामार्फत गर्छौं । यसका लागि हामीले २ सयभन्दा धेरै देश र क्षेत्रसँग मिलेर काम गरिरहेका छौं । विश्वका सयभन्दा धेरै देश र क्षेत्रमा हामी छौं । सन् २०२१–२२ मा हामी ६५ करोड मानिसमाझ पुगेका थियौं ।