ताजा अपडेट

ट्रेन्डिङ

एसइइ परीक्षामा ग्रेडिङ सिष्टम परिवर्तन, चैत्र पहिलो हप्ता परीक्षा

Gyan Khabar

ज्ञानखबर

बुध, पुस २५, २०८०
395 पटक हेरिएको
एसइइ परीक्षामा ग्रेडिङ सिष्टम परिवर्तन, चैत्र पहिलो हप्ता परीक्षा

एसइइ परीक्षामा ग्रेडिङ सिष्टम परिवर्तन भएको छ । यसवर्ष चैत्र पहिलो हप्तादेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा ग्रेडिङ सिष्टम परिवर्तन भई ३५ प्रतिशत वा सो भन्दा माथिको अंक आए मात्र ग्रेड हुने, अन्यथा नन ग्रेड हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका हुन् । योसँगै शर्माले यसवर्ष वार्षिक क्यालेन्डर अनुसार नै एसईईको परीक्षा हुने बताएका छन् ।

शर्माले हाल संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसइइ नरहेकाले परीक्षा हुन्न कि भन्ने अन्यौलता भए पनि विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने बताएका छन् ।

यता परीक्षा नियन्त्रक नन्दालाल पौडेलले यसवर्षदेखि एसईईका सबै विषयमा उतिर्ण हुनका लागि अनिवार्य रुपमा ३५ मार्क्स ल्याउनुपर्ने बताएका छन् ।

यसवर्ष एसइइको परीक्षामा नन ग्रेडिङ लागू हुने भएकाले पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने पौडेलले बताएका छन् ।