ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन ९, २०८०
168 पटक हेरिएको
नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।

माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको शिल्ड प्राप्त गरेका थिए । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भएका थिए । आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेसनल स्कुलले जित्न सफल भएका थिए । त्यसै गरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारीजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए ।

साथै माध्यमिक तहको उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलका खेलाडि निश्चल सुनुवार भएका थिए भने उत्कृष्ट गोलकिपर यूनिटी स्कुलका खेलाडि आशिष थापा भएका थिए । आधारभूत तहको उत्कृष्ट खेलाडि ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडि एकिन कासुला भएका थिए ।

उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष राम प्रसाद खाताखो लगाएतले शिल्ड र मेडल प्रदान गरेका थिए । संयोजक सुमन शिल्पकार अनुसार अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेसनल प्याव्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा समूह सहभागि रहेको थियो ।

npabfut3