ताजा अपडेट

ट्रेन्डिङ

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौ‌ं महानगरको आग्रह

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र १५, २०८०
234 पटक हेरिएको
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौ‌ं महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ ।

महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ ।

महानगर अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा व्यवस्था भए बमोजिम भएको नदेखिएको विभागले जनाएको छ ।

नियमावली बमोजिम विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेस गर्न विभागले जानकारी दिएको छ।

ktmscl