ताजा अपडेट

ट्रेन्डिङ

नगर प्रमुख तुम्वापोको पहलमा क्याम्पसको विषयमा सर्वपक्षीय छलफल

Gyan Khabar

ज्ञानखबर

आइत, बैशाख १६, २०८१
223 पटक हेरिएको
नगर प्रमुख तुम्वापोको पहलमा क्याम्पसको विषयमा सर्वपक्षीय छलफल

पथरी बहुमुखी क्याम्पसको कार्यालयमा ताला लगाइएको र कुर्सी रुखमा बाँधिएको विषयमा पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोको पहलमा शनिबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा भएको सो छलफलको नेतृत्व नगर प्रमुख तुम्बापोले गरेका थिए। छलफलमा जनप्रतिनिधिहरू, क्याम्पस सञ्चालक समिति पदाधिकारीहरू, स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक संघ, राजनीतिक दलका स्थानीय नेताहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।

नगर प्रमुख तुम्बापोद्वारा संयोजन भएको बैठकमा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राईले विषयगत कुराहरू राखेपछि थप सुझाव अन्य प्रतिनिधिले राख्ने कार्य र व्यापक छलफल भएको थियो ।

छलफल पश्चात् रुखमा बाँधिएको क्याम्पस प्रमुखको कुर्सी झार्ने सहमति भएको छ । यस्तैगरी कार्यालयको ताला खोल्ने विषयमा स्ववियुमा छलफलपछि मात्र निर्णय दिने सभापति केशर राईले विचार राखेपछि नगर प्रमुख तुम्बापोले सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेतलाई बैठकबाट समाधानमा लाग्ने निष्कर्ष दिएको छ ।