ताजा अपडेट

ट्रेन्डिङ

फ्यूजन नेपालको दीक्षान्त कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, साउन २७, २०८१
1667 पटक हेरिएको
फ्यूजन नेपालको दीक्षान्त कार्यक्रम सम्पन्न

फ्यूजन नेपालले भक्तपुरमा सञ्चालन गरेको कम्प्युटर शिक्षा कक्षाको दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको फ्युजन नेपालको कार्यालयमा सम्पन्न भएको दीक्षान्त समारोहबाट जम्मा ६८ जना दीक्षित भएको हो । फ्युजन नेपालको कम्प्युटर तालिम केन्द्रबाट कम्प्युटर शिक्षा प्राप्त गरी आफ्नो पढाइ, रोजगारी तथा व्यवसायमा हालसम्म ६३८ लाभ प्राप्त गरेको छ ।

सो कार्यक्रममा आफ्नो अनुभव प्रस्तुत गर्दै विद्यार्थीहरूले फ्युजन नेपालले बहुमूल्य सीप दिएर आफ्नो जीवन नै परिवर्तन गरिदिएको बताएका थिए । फ्युजन नेपालले सञ्चालन गरेको यस तालिम केन्द्रको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो रहेको र शिक्षकले राम्रोसँग सिकाएको उनिहरूले बताए ।

फ्युजन नेपालको कार्यकारी समिति सदस्य खड्ग प्रसाद गौतमबाट सम्पूर्ण दीक्षितहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

1723391187958