ताजा अपडेट

ट्रेन्डिङ

ख्वप बहुप्राविधिकमा नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, भदौ २०, २०८१
687 पटक हेरिएको
ख्वप बहुप्राविधिकमा नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुले कलेजमा भर्ना भएका सबै विद्यार्थीलाई उत्कृष्ट बनाउने प्रयासमा लाग्न शिक्षक–शिक्षिकाहरुलाई अभिप्रेरित गरे ।

स्वास्थ्य उपचार महँगो हुँदै जाँदा धेरै नेपालीहरु गरिबीको रेखामुनि झरेको बताउँदै उनले नर्सहरुले विदेशको सेवालाई भन्दा आफ्नै देश र देशबासीको सेवा गर्ने उद्देश्य लिनुपर्ने धारणा राखे ।

उपप्रमुख रजनी जोशीले शिक्षा सफलताको सशक्त माध्यम भएको बताउँदै समाजलाई शिक्षित बनाउने उद्देश्यले भक्तपुर नपाले विभिन्न शैक्षिक संस्थाहरु सञ्चालन गरेको बताए । ख्वप सर्कलको शैक्षिक विशेषता र उद्देश्यमाथि प्रकाश पार्दै उहाँले जिम्मेवार नर्समा हुनुपर्ने आचरणबारे सुसूचित गरे ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपा शैक्षिक संस्था सञ्चालन गर्ने अग्रणी संस्था भएको बताउँदै देशको लागि आवश्यक दक्ष र जिम्मेवार नागरिक बनाउन संस्था अग्रसर रहने बताए ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले मेडिकल क्षेत्र संवेदनशील र चुनौती पेशा भएसँगै यो पेशा सम्मानजनक पनि भएको बताउँदै आफ्नो पेशालाई धर्मको रुपमा लिई बिरामीको सेवा गर्न मार्गनिर्देश गरे ।

FB IMG 1725544832642

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोल र शिक्षिका रविना सुवालले कलेज स्थापनाको उद्देश्य र विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरण र अनुशासनबारे प्रष्ट पारे ।