ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी

Gyan Khabar

ज्ञानखबर

सोम, मंसिर २४, २०८१
425 पटक हेरिएको
वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी

‘वागीश्वरी उत्सव, हाम्रो महोत्सव’ भन्ने नाराका साथ वागीश्वरी महोत्सव आज सुरु भएको छ । महोत्सवका प्रमुख अतिथि वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्दै वागीश्वरी महोत्सव भक्तपुर महोत्सवको पूर्व तयारीको रुपमा आयोजना गरेको चर्चा गर्दै यस महोत्सवले विद्यार्थीको सिर्जना, प्रतिभा र उद्यमशीलताको प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले महोत्सव सफलताको शुभकामना दिँदै महोत्सवमा विद्यार्थीको मेहेनत, परिश्रम र अनुशासन प्रदर्शन हुने बताए । कलेजको आयोजनामा भएको महोत्सवलाई भक्तपुरको महोत्सवको तयारीको रुपमा लिन सकिने बताउँदै उनले भक्तपुर नगरपालिकाको आयोजना हुने महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरुलाई पाठ्यपुस्तकसँगसँगै विद्यार्थीको सिर्जनशीलता उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना भएको बताउँदै महोत्सवमा सबै विद्यार्थीहरु परिचालन हुने अवसर प्राप्त हुने बताए । महोत्सव विद्यालय र कलेजमा मात्र सीमित नराखी सर्वसाधारणलाई पनि हेर्ने प्रबन्ध मिलाइएको उहाँले बताए ।

बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले महोत्सवमा ५५ वटा स्थल रहेको बताउँदै महोत्सवमा विद्यार्थीहरुको उत्साहनजनक सहभागिता रहेको बताए । कार्यक्रममा बागीश्वरी कलेजका शिक्षिका अबिना श्रेष्ठले पनि बोलेका थिए ।

bmhm3

महोत्सवका प्रमुख आकर्षणहरुमा स्टार्ट अप स्टल, फुड स्टल, खेल स्टल, संगीत स्टल, कला र शिल्प स्टल, थिफ्ट स्टल, विज्ञान प्रविधि स्टल, शैक्षिक स्टल, स्वास्थ्य सचेतना स्टल, टेक्स स्टल, पुस्तक प्रदर्शनी स्टल र मनोरञ्जनात्मक स्टल लगायतका ५८ वटा स्टलहरु रहेका छन् । महोत्सव भोलि मङ्सिर २५ गते पनि बिहान १० बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । अवलोकनकर्ता प्रत्येक सय जनामा एक जनालाई गोलाप्रथाबाट ४५ जनालाई उपहार प्रदान गरिएको थियो ।

आज बागमती प्रदेश सभाका सदस्यद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूसहित विद्यार्थी निकेतन मा.वि., पारागन, समाज सुधार, ब्रह्मायणी आ.वि., आदर्श आजाद मा.वि., पञ्चकन्या मावि, सरस्वती विद्यागृह मा.वि, बासु मावि, एसओएस काभ्रे, ख्वप पोलिटेक्निक नर्सिङ, मोर्डन ई. स्कुल, मेधा मावि, गणेश मा.वि. सिपाडोललगायतका छिमेकी विद्यालयका शिक्षक विद्यार्थीहरु महोत्सव अवलोकन गरेको बताइएको छ ।

bmhm1

bmhm2