ताजा अपडेट

ट्रेन्डिङ

आईएमस कलेजमा बिजनेस मोडल क्यानभास सेसन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २२, २०८१
1479 पटक हेरिएको
आईएमस कलेजमा बिजनेस मोडल क्यानभास सेसन सम्पन्न

आईएमस कलेजमा हल्ट प्राइजको बिजनेस मोडल क्यानभास सेसन सम्पन भएको छ । सेसनका मुख्य अथितिका रूपमा आईएमस कलेजको डाइरेक्टर एवम  एनएमका संस्थापक सदस्य सरोज उपाध्याय, आरस्क फुडका मार्केटिङ डाइरेक्टर गोपाल श्रेष्ठ र आरस्क फुडको कन्टेन्ट क्रेटर कृपा तन्डुकर थिए ।

कार्यकमको स्पोनसरको रूपमा मिथिला थिङ्स, सन सेकुरिटीज, ज्योती विकास बैँक, आईडियाप्रेन्युर , एस क्याफे, लाभा लन्ज एण्ड बार, के टिम, जाम  पाउरोटी, प्रोसर, आरस्क फुड, गलोबल टेलरस, क्रेटिभ लिङ्क, रियल र्बस्ट र एनएमबि बैँक जोडिएका थिए।

कार्यक्रमको सुरुवातमा अनुस्का फुल्जेलले प्रतिस्पर्धी साथै अथितिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमका मुख्य आथिति सरोज उपाध्यायले बिजनेस मोडल क्यानभासको कार्यशाला सुरवात गरे ।  उनले पहिलो चरणमा कुनै पनि व्यापार व्यवसाय सुरुवात गर्नु अगाडि हामीले त्यो व्यवसायले कुन वर्गलाई केन्द्रित गर्ने,  व्यवसायले के कुरामा फाइदा पुऱ्याउँछ जस्तै गुणस्तरीयपन, मार्केट मा कुन माध्यमबाट गाह्रकहरुले उपभोग गर्छन, ग्राहकसंग  सम्बन्ध, व्यवसायको आमदानीको स्रोत, मुख्य पुँजीहरु र व्यवसायका कार्यविधिहरु, त्यसमा समावेश हुने मुख्य  साझेदार र के के कुरामा खर्च निर्धारण गर्नपर्ने बताए । यो कुरालाई देशमा रहेका स-साना देखि  ठूला व्यवसायको उदाहरण दिई प्रतिस्पर्धिहरुलाई स्पष्ट पारे । त्यसलगत्तै प्रतिस्पर्धि समुहलाई आफ्नो बिजनेस आइडियालाई क्यानभास मोडलमा देखाउनगरी चार्ट पेपरमा बनाउन लगाएका थिए ।

त्यसपछाडि पहिलाको सेसन भिजनवाल बोर्डका बिजेता सुमन शाहलाई पुरस्कार दिइसकेपछि गोलाप्रथा गरेर प्रतिस्पर्धि समुहलाई छान्ने मौका दिइएको थियो । यो कार्यशालामा विभिन्न टिमका प्रतिस्पर्धीले आफ्नो  आइडिया लाई बिजनेस मोडल क्यानभास चार्टमा प्रस्तुत गरेका थिए।

IMG 20250106 WA0005

कार्यकमको अन्तयमा आरस्क फुडका मार्केटिङ डाइरेक्टर गोपाल श्रेष्टले आफ्नो छोटो मनतव्यमा उहाँले आफ्नो प्रोडक्ट लन्च गर्दा ध्यान दिएका कुरा जस्तै; प्रोडक्टको गुणस्तरियता देखि लिएर, यसका विस्तार र  यसले उपभोत्तालाई पुऱ्याएका फाइदाहरुको बारेमा छोटकरीमा उल्लेख गरे । यसैगरी उनले आईएमस कलेजको हल्ट  प्राइज अन -क्याम्पस जर्नीलाई आगामी दिनमापनि  सहयोग गर्ने कुरा उल्लेख गरे ।

विशेष गरी यो कार्यशालाले प्रतिस्पर्धीको आफुसंग रहेका आइडिया लाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने आधारशीला खडा गरेको थियो ।

IMG 20250106 WA0006