सूर्यविनायक नगरपालिका -८, इतबुंस्थित किकम्पा मन्टेसरी (प्रि स्कूल)ले विविध कार्यक्रम सहित सरस्वती पूजा मनाएको छ ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेश लाखाले नव आगंतुक विद्यार्थीहरुलाई स्वागत गर्दै आजको दिन विद्यार्थी नानीहरुलाई एक महत्वपूर्ण दिन भएको बताउनुका साथै सरस्वती पुजाको महत्व बारे प्रकास पारे । अभिभावकहरू आफ्नो व्यस्त समयमा पनि स्कूल भ्रमण गरेकोमा खुशी व्यक्त गर्दै उनले धन्यवाद तथा आभार व्यक्त गरे ।
नव आगंतुक अभिभावकहरूले नानीहरुको पठनपाठनलाई ध्यानमा राखी अत्यन्त स्वच्छ तथा रमनीय वातावरण तयार पारेकोमा खुशी व्यक्त गरे । श्रृङ्गारिएका कक्षा कोठाहरू, multi- media Room, Lab Room, Dinning Room, Napping Room लगाएत सम्पूर्ण Room अवलोकन गरी राम्रो प्रतिकृया दिएको र उक्त पुजाको अवसरमा विभिन्न उपस्थित नानीहरूले विभिन्न विषयमा Art पनि गरेको Academic Incharge इन्दिरा आचार्यले बताए ।

अभिभावकहरूले स्कूलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुको जानकारी लिनुका साथै स्कूल राम्रो बनाउन थप अतिरिक्त क्रियाकलापहरू बढाएर जानुपर्ने सुझाव दिएको स्कूलका ECA Incharge विन्द्रा पंचले जानकारी गराए ।

कार्यक्रममा 87 जना अभिभावक उपस्थित भएको स्कूलका लेखापाल दिल प्रसाद सुवालले बताए।
