ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा प्राइमरी तहको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ २४, २०८१
521 पटक हेरिएको
विनायकमा प्राइमरी तहको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम

मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले माघ २४ गते कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूद्वारा सिर्जना गरिएको विविध शैक्षिक सामग्री प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं कक्षा १ देखि ७ सम्म अध्यापनरत शिक्षक शिक्षिकाहरूको संयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को सुरुदेखि हालसम्म विद्यार्थीहरुले सिकेका र जानेका कुराहरु प्रदर्शनीमा राखिएको थियो जसलाई विद्यार्थीहरूले धारा प्रवाह रूपमा व्याख्या र विश्लेषण गरेका थिए।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले कार्यक्रमको उद्देश्य राख्दै सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावक अतिथि उषा प्रजापतिले विद्यालयको प्रशंसनीय कार्यप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भोलिका यस देशका सारथी विद्यार्थीहरुलाई स्तरीय, जीवन उपयोगी एवं प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान गर्न लागि परिरहेको र शिक्षा क्षेत्रका विविध नयाँ प्रयोग, पद्धति र विधि अनुसार शिक्षण गर्दै समाजका उत्कृष्ट तथा अब्बल नागरिक बनाउन विद्यालय हरदम प्रयत्नशील रहेको कुरामा जोड दिए ।

अभिभावकहरुको उल्लेख्य उपस्थित भई अवलोकन गरिएको उक्त कार्यक्रममा अभिभावकहरुले खुसी व्यक्त गर्दै आफूले सही विद्यालय छनोट गरेकाे र आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि विद्यालय अझ सशक्त बन्दै अगाडि जान सकोस् भनी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Messenger creation 1B994E20 6A05 4C50 B86B CCB303E48419

Messenger creation E7146DF2 63C2 404E 92AD 9C4FBF902FD3