ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनद्वारा चिनियाँ स्वयंसेवक शिक्षिकाको बिदाई

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ४, २०८१
1209 पटक हेरिएको
विनायक शिक्षा निकेतनद्वारा चिनियाँ स्वयंसेवक शिक्षिकाको बिदाई

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले चिनियाँ स्वयंसेवक शिक्षिका हु जियाक्सुलाई बिदाई गरेको छ। गत साउनदेखि विद्यालयमा चिनियाँ भाषा, संस्कृति र कला सिकाउँदै आएकी शिक्षिकालाई विद्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।

शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराईद्वारा सञ्चालित कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, शिक्षक–शिक्षिका तथा कक्षा पाँच, छ र सातका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले बिदाई मन्तव्य दिँदै विनायकमा अध्ययन गर्न पाएकोमा आफूहरूले विभिन्न अन्तर्राष्ट्रिय भाषा, संस्कृति र कला सिक्ने अवसर पाएको र सांस्कृतिक ज्ञान आदानप्रदान गर्न पाएकोमा गौरवान्वित महसुस गरेको बताए। उनीहरूले चिनियाँ शिक्षिकाको सफल र सुखद यात्राको कामना पनि गरे।

प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थीहरूले हरेक देशको भाषा, संस्कृति र कलालाई जान्नुपर्ने र बुझ्नुपर्ने विद्यालयको मान्यता रहेको बताए। उनले यस्ता सिकाइ भविष्यमा अवसर र जीविकोपार्जनको आधार बन्न सक्ने र ज्ञानको क्षितिज फराकिलो पार्न सक्ने माध्यम भएकाले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए।

Messenger creation 6540D099 EAF0 4B9D 8A8B 7D7AAA3E8D58

खादा, दोसल्ला र प्रशंसापत्रसहित बिदाई गरिएकी शिक्षिका हु जियाक्सुले आगामी वैशाख महिनाको अन्तिमदेखि नियमित रुपमा विद्यालयमा उपस्थित भई पुनः चिनियाँ भाषा पठनपाठन गराउने जानकारी दिइन्।