ताजा अपडेट

ट्रेन्डिङ

ट्रम्पको घोषणा: अमेरिकी औषधि मूल्य विश्वव्यापी स्तरमा घटाइने!

Gyan Khabar

ज्ञानखबर

मङ्ल, बैशाख ३०, २०८२
1001 पटक हेरिएको
ट्रम्पको घोषणा: अमेरिकी औषधि मूल्य विश्वव्यापी स्तरमा घटाइने!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि मूल्यको असमानता अन्त्य गर्ने ऐतिहासिक घोषणा गरेका छन्। अब अमेरिकामा औषधिहरू विश्वका विकसित राष्ट्रहरूमा जस्तै समान मूल्यमा उपलब्ध हुनेछन्।

चीनसँगको व्यापार वार्ताको बीचमा ट्रम्पले अमेरिकी नागरिकहरूले चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटाउने बताएका छन्। उनले भने, “हामीले अब युरोपमा जस्तै औषधि मूल्य तिर्नेछौं। हामी विश्वकै सबैभन्दा कम मूल्यमा औषधि उपलब्ध गराउनेछौं।”

लामो समयदेखि अमेरिकी बिरामीहरूले बेलायत, युरोपेली संघ र अन्य विकसित देशहरूका नागरिकहरूको तुलनामा धेरै महँगो औषधि किन्न बाध्य थिए। ट्रम्पको यो घोषणाले करोडौं अमेरिकी नागरिकहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

“अब हामीले अन्य देशको तुलनामा १० गुणा बढी तिर्नुपर्ने छैन,” ट्रम्पले थपे, “हामी अब सस्तोमा औषधि पाउनेछौं।”

ट्रम्पको यो कदमले अमेरिकी औषधि उद्योगमा ठूलो परिवर्तन ल्याउने र विश्वव्यापी औषधि बजारमा नयाँ तरंग उत्पन्न गर्ने अनुमान गरिएको छ।