ताजा अपडेट

ट्रेन्डिङ

ग्लोबल लाइफ स्कूलमा दिक्षान्त तथा स्वागत कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, बैशाख २९, २०८२
763 पटक हेरिएको
ग्लोबल लाइफ स्कूलमा दिक्षान्त तथा स्वागत कार्यक्रम सम्पन्न

ग्लोबल लाइफ स्कूल, कमलविनायक भक्तपुरले आज बैशाख २९ गते सोमबारका दिन आफ्ना प्रि–स्कूल उत्तीर्ण विद्यार्थीहरूको लागि दिक्षान्त समारोह र नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

कमलविनायक स्थित कमलविनायक बैंक्वेटमा आयोजित उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा प्रि–स्कूल तह सफलतापूर्वक उत्तीर्ण गरेका १८ जना बालबालिकाहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। यसका साथै, विद्यालयले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरेको थियो। विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई पनि सोही अवसरमा स्वागत गरिएको थियो।

विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरूले भरिपूर्ण उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले विद्यार्थी तथा अभिभावकहरूलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्याब्सन भक्तपुर जिल्ला समितिका उपाध्यक्ष विजय कर्माचार्य, प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष शिवकुमार कोजू, जिपिइएस् भक्तपुरका अध्यक्ष रबिन छुस्याकी, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरी कोजूले पनि आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रम विद्यालयका प्रिन्सिपल मधुमर्दन राज शर्माको सभापतित्वमा भएको थियो। उनले आफ्नो समापन मन्तव्य राख्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।