ताजा अपडेट

ट्रेन्डिङ

इडेन गार्डेनमा विद्यार्थी नेतृत्व चयन

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ ६, २०८२
1452 पटक हेरिएको
इडेन गार्डेनमा विद्यार्थी नेतृत्व चयन

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ३ स्थित इडेन गार्डेन इङ्‌गलिस स्कुलमा शिक्षाका लागि केही गर्ने अठोट लिएका विद्यार्थीहरूको नयाँ नेतृत्व चयन भएको छ।

२०८२ साल जेठ १ गते विद्यालयमा लोकतान्त्रिक प्रक्रिया मार्फत सम्पन्न भएको निर्वाचनले नयाँ विद्यार्थी नेताहरू पाएको हो। कक्षा ४ देखि कक्षा १० सम्मका ४८८ जना विद्यार्थीहरूको सहभागिता रहेको गोप्य मतदान प्रक्रियाबाट विद्यालयले क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन चयन गरेको छ।

इडेन गार्डेनमा विद्यार्थी नेतृत्व चयन

विद्यालयका एकेडेमी भाइस प्रिन्सिपल श्री महेन्द्र बहादुर चन्दको नेतृत्वमा गठित ५ सदस्यीय निर्वाचन परिचालन समितिले निर्वाचनलाई भव्य र सभ्य रूपमा सम्पन्न गराएको थियो।

उक्त निर्वाचनबाट कक्षा ८ का ऊर्जावान छात्र समिर गुरागाँई स्कुल क्याप्टेनमा निर्वाचित भएका छन् भने कक्षा ९ का जुझारु छात्र रिदम श्रेष्ठले स्कुल भाइस क्याप्टेनको जिम्मेवारी पाएका छन्।

इडेन गार्डेनमा विद्यार्थी नेतृत्व चयन

त्यसैगरी, विभिन्न सदन (हाउस) हरूमा पनि नयाँ नेतृत्व चयन भएको छ। ग्रिन हाउसको क्याप्टेनमा कक्षा ८ का रन्जेश ठाकुर र भाइस क्याप्टेनमा कक्षा ६ की हेजल के.सी., रेड हाउसको हाउस क्याप्टेनमा कक्षा ८ का विश्वास मैनाली र भाइस क्याप्टेनमा कक्षा ८ की एन्जल ठकुरी, एल्लो हाउसको हाउस क्याप्टेनमा कक्षा ८ की प्रतिज्ञा सापकोटा र भाइस क्याप्टेनमा कक्षा ६ की प्रकृति निरौला, त्यसैगरी ब्लु हाउसको हाउस क्याप्टेनमा कक्षा ६ की सुविच्छा थापा र भाइस क्याप्टेनमा कक्षा ८ का आशिष खड्का निर्वाचित भएका थिए ।

विद्यालयका सह प्रधानाध्यापक अनिश राईले विद्यार्थीहरूलाई निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको जानकारी दिए।