ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको स्वागत

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ २७, २०८२
938 पटक हेरिएको
विनायकमा ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको स्वागत

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आज १२ जना ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ।

ताइवान नेसनल युनिभर्सिटीबाट चाइनिज भाषा संस्कृति त्यहाँको प्रविधि तथा विज्ञान इन्जिनियरिङ र लेखाशास्त्रका विषयमा विद्यार्थीहरूलाई सिकाउन तथा नेपाली संस्कृति, भाषा, शिक्षण विधि र पद्धतिहरू बारे विचारहरु आदानप्रदान गर्न ती स्वयंसेवक शिक्षक शिक्षिकाहरु हरेक वर्ष विद्यालयमा आउने गरेको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराए ।

नेपाली संस्कृति अनुसार विद्यार्थीहरूले लामबद्ध भई गडगडाहट तालिका साथ खादा उडाएर उनीहरूलाई स्वागत गरिएको थियो। ती स्वयंसेवक शिक्षक शिक्षिकाहरुले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा लिनेछन् भने रोबोटिक, कम्प्युटर प्रविधि ,विज्ञान तथा इन्जिनियरिङ एवं लेखाशास्त्रका विधिहरू विद्यार्थीहरूलाई सिकाउने छन्।

Messenger creation 832477CF A39F 45A4 ABA2 8DBC184CB420

स्मरण रहोस् विद्यार्थीहरुलाई भोलिका दिनमा संसारभर टिक्न र बिक्न सक्ने सक्षम ,स्वावलम्बी र आत्मनिर्भर बनाउन संसारका विभिन्न विश्वविद्यालयका शिक्षाकर्मीहरूसँग विद्यालयले स्थापनाकालदेखि नै सहकार्य गर्दै आइरहेको छ।