ताजा अपडेट

ट्रेन्डिङ

बासु माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, असार १६, २०८२
321 पटक हेरिएको
बासु माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

बासु माध्यमिक विद्यालयमा वि.सं. २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमासम्पन सो कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले एसईईमा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिँदै एउटा चरणमा सफलता मिल्दैमा धेरै उत्साहित नहुन र अब नयाँ विषयको अध्ययनका लागि गहिरो चिन्तन गरेर अगाडि बढ्न प्रेरित गरे।
प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई आफ्नो क्षमता, पारिवारिक स्थिति र रुचिलाई ध्यान दिएर अध्ययन गर्न मार्गनिर्देश गर्दै क्षणिक लापरबाहीले जीवनभर असर पार्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निरन्तर छलफल भइरहेको बताउँदै विद्यार्थीको सफलतामा शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए।

FB IMG 1751281461444

कलेजका प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक र विद्यार्थीको अथक मिहिनेतले गर्दा विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएकोमा सबैलाई बधाई ज्ञापन गर्नुभयो।

FB IMG 1751281429017

कार्यक्रममा प्रमुख प्रजापतिले एसईईमा शत प्रतिशत उत्तीर्ण गराउन सफल अंग्रेजी विषयका शिक्षकहरूलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौंमिखा, शिक्षक पुनेन्द्रप्रसाद कुसी, तथा उत्कृष्ट विद्यार्थीद्वय विविशा बिष्ट र निराजन बुढाले पनि आफ्ना भनाइ राखेका थिए।