ताजा अपडेट

ट्रेन्डिङ

विनायक स्कुलमा दन्त शिविर

Gyan Khabar

ज्ञानखबर

मङ्ल, असार १७, २०८२
522 पटक हेरिएको
विनायक स्कुलमा दन्त शिविर

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले असार १७ गते दन्त शिविरको आयोजना गरेको छ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ मध्यपुर र चिमालय नेपालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा विनायक शिक्षा निकेतनको पूर्व प्राथमिक तहमा अध्ययनरत २०० भन्दा बढी विद्यार्थीहरुले दाँतको परीक्षण गराएका थिए।

विद्यालयको नियमित कार्यतालिका अनुसार आयोजित उक्त कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका डाक्टर र सहयोगीहरूको सक्रियतामा बिहान ११ बजेबाट ३ बजेसम्म सञ्चालन भएको थियो। जहाँ दाँतको समस्या भएका विद्यार्थीहरुलाई आवश्यक परामर्श दिँदै दाँत परीक्षण गराइएको थियो ।

अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मानवीय सेवा र विद्यार्थीहरूको स्वास्थ्यमा विनायक शिक्षा निकेतन स्थापनादेखि नै लागि परिरहेको र स्वस्थ व्यक्ति हरेक कुरामा अब्बल र तीक्ष्ण हुन्छ भन्ने कुरामा विश्वास राखी विद्यार्थीको स्वास्थ्यका लागि विद्यालयले प्रयत्न गरिरहेको जानकारी गराउनुभयो।