ताजा अपडेट

ट्रेन्डिङ

बागीश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गदर्शन

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार २०, २०८२
306 पटक हेरिएको
बागीश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गदर्शन

बागीश्वरी माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई, मार्गनिर्देशन तथा मायाको चिनो प्रदान कार्यक्रम गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीहरूलाई नेपालको वर्तमान शैक्षिक स्तर, विदेशी प्रभावले पारेका असरहरू र भविष्यका लागि सही विषय छनोटबारे गहिरो मार्गदर्शन प्रदान गरे।

त्यसैगरी, भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिँदै उच्च शिक्षाका लागि भक्तपुरमै पर्याप्त अवसरहरू उपलब्ध रहेकोमा जोड दिए। उनले आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा हासिल गरी देश विकासमा योगदान गर्न आग्रह गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्व, संयोजक ज्ञानसागर प्रजापति र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले बागीश्वरी माध्यमिक विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनीहरूले विद्यार्थीहरूले प्राप्त गरेको सफलताको लागि बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू ममता थापा र आशिष प्रजापतिले विद्यालयमा रहँदाका आफ्ना अनुभवहरू सुनाएका थिए। उनीहरूको सफलताको कथाले अन्य विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेको थियो।

FB IMG 1751642179809

कार्यक्रमको अन्त्यमा, एसईई उत्तीर्ण सबै सफल विद्यार्थीहरूलाई ‘स्वर्ण सिंह’ मायाको चिनो प्रदान गरिएको थियो।