ताजा अपडेट

ट्रेन्डिङ

सेवा निवृत्त शिक्षक समाजको ‘शैक्षिक अनुभव’ विमोचन

Gyan Khabar

ज्ञानखबर

बिहि, अशोज ३०, २०८२
130 पटक हेरिएको
सेवा निवृत्त शिक्षक समाजको ‘शैक्षिक अनुभव’ विमोचन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरको पूर्णाङ्क १७ ‘शैक्षिक अनुभव’ विमोचन तथा भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्धलेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

शैक्षिक अनुभव विमोचन गर्दै नगर प्रमुख प्रजापतिले शिक्षा राज्यको दायित्व हो र सबै नागरिकलाई शिक्षित बनाएर देशलाई आवश्यक जनशक्ति तयार गर्नु सरकारको कर्तव्य भएको बताए । विदेशमा होइन स्वदेशमै सबै शिक्षित हुने बन्दोबस्त हुनुपर्ने बताउँदै उउनले ्षा उत्पादनमुखी र सीपमूलक हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्नुपर्ने र मुुलुकलाई आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता रहेको बताए  ।

वर्तमान सरकारले निर्वाचनमा केन्द्रित रहेर काम गर्नुपर्ने र भ्रष्टाचारीहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रणाली भएको हुँदा निर्वाचनमा जान राजनैतिक दलहरु जुनसुकै बेला तयार हुनुपर्ने धारणा राखे ।

शैक्षिक अनुभव पुस्तकका सम्पादक ज्ञानसागर प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको नियमित पत्रिका शैक्षिक अनुभव पुस्तकको समीक्षा गर्दै पुस्तकमा महत्वपूर्ण लेख तथा अनुभवहरु संग्रहित रहेको हुँदा यसको अध्ययनमा जोड दिनुपर्ने बताए ।

समाजका संस्थापक अध्यक्ष नाति कवांले सेवा निवृत्त शिक्षकहरु शारीरिक रुपमा कमजोर भए पनि बौद्धिक रुपले अब्बल नै हुने हुँदा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्ताको लागि प्रेरणादायी हुने बताए ।

संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले सेवा निवृत्त शिक्षकहरु अझ पनि सबल र अब्बल रहेको प्रमाण यस कार्यक्रमले दिएको बताउँदै सेवा निवृत्त शिक्षकहरुकोे जगमा भक्तपुर शैक्षिक गन्तव्यस्थलको पथमा अगाडि बढिरहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्यले समाजले हालसम्म १७ वटा शैक्षिक अनुभव अंक प्रकाशन गरिसकेको बताउँदै सेवा निवृत्त शिक्षकहरुलाई क्रियाशील बनाउने उद्देश्यले समाजको स्थापना भएको बताए ।

समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विश्वराम कवां, समाजका सदस्यद्वय धीर्जबहादुर कायस्थ र सदस्य तुल्सीराम ग्वाछाले पनि बोलेका थियो ।

FB IMG 1760628704180

नगर प्रमुख प्रजापतिले समाजको आयोजनामा सम्पन्न भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्धलेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।