ताजा अपडेट

ट्रेन्डिङ

इडेन गार्डेनमा एकल नृत्य प्रतियोगिता आयोजना

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर ७, २०८२
356 पटक हेरिएको
इडेन गार्डेनमा एकल नृत्य प्रतियोगिता आयोजना

इडेन गार्डेन स्कुलले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले यस वर्ष एकल नृत्य प्रतियोगिता भव्य रूपमा सुरु गरेको छ। विद्यालयले विद्यार्थीहरुको क्षमता अझ निखार्ने लक्ष्यसहित—अडिशन राउन्ड, सुपर १६, सुपर १० र फाइनल राउण्ड हुंदै प्रतियोगिता सम्पन्न गर्ने योजना बनाएको छ।

eden img 01

कक्षा ४ देखि ९ सम्मका ४४९ विद्यार्थीहरु मध्ये ११२ जना विद्यार्थीले सहभागिता जनाएको प्रत्योगितामा कक्षा ४ देखि ६ सम्मका विद्यार्थी जुनियर समूह र कक्षा ७ देखि ९ सम्मका विद्यार्थी सिनियर समूह गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा जनाएका थिए । अडिशन राउन्डमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो भने निकै कडा प्रतिस्पर्धा समेत भएको थियो। अडिशनको आधारमा सिनियरतर्फ २० जना र जुनियरतर्फ ३० जना प्रतिभाशाली विद्यार्थीहरू छानिएका छन्। अब यी छानिएका प्रतियोगीहरू सुपर १६ स्थान सुरक्षित गर्न दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

eden img 02

विद्यालयका भाइस–प्रिन्सिपल अनिश राईका अनुसार विद्यालयले गायन र नृत्यको एकल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। विद्यार्थीहरूमा लुकेका प्रतिभा पहिचान गरी सही अवसर दिलाउने विद्यालयको मुख्य उद्देश्य अनुसार गत वर्ष गायन तर्फ “Eden Singing Idol, Season-1” सम्पन्न गरेको र यस वर्ष नृत्य तर्फ “Eden Dancing Star-2082, Season-1” लाई विशेष रूपमा अघि ल्याउनुको कारण पनि त्यही रहेको कुरा उहांले बताउनु भयो । आउने वर्ष गायन तर्फ “Eden Singing Idol, Season-2” ल्याउने पनि जानकारी गराउनु भयो । यस प्रकारको प्रतियोगिताहरु प्रति अभिभावकहरुको पनि सकरात्मक प्रतिक्रिया रहेको समेत भाइस–प्रिन्सिपल अनिश राईले बताउनु भयो ।

eden img 03

इडेन गार्डेन स्कुलको यो पहलले विद्यार्थीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्न प्रेरित गर्नुका साथै उनीहरूको आत्मविश्वास, अनुशासन र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।