ताजा अपडेट

ट्रेन्डिङ

श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउँदै: नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १७, २०८२
73 पटक हेरिएको
श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउँदै: नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

श्री स्टील्स लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी विद्यमान नियमावली र निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो। यस महत्त्वपूर्ण कार्यका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

नेपालको एक प्रतिष्ठित औद्योगिक घरानाको रूपमा परिचित श्री स्टील्स लिमिटेडले अत्याधुनिक जापानी प्रविधिमा आधारित ‘सिक्स स्ट्यान्ड ब्लक मिल’ उपकरण प्रयोग गरी उच्च गुणस्तरीय TMT रिबारहरूको उत्पादन गर्दै आएको छ। नेपाल जस्तो भौगोलिक जटिलता र भूकम्पीय जोखिम रहेको देशमा बलियो संरचना निर्माणका लागि कम्पनीले पूर्ण स्वचालित प्लान्टमार्फत विशेषज्ञता हासिल गरेको छ। विश्वमा उपलब्ध उत्कृष्ट प्रविधि प्रयोग गरेर नेपालको औद्योगिक आधारलाई बलियो बनाउने, फलाम तथा रड जन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउने र थप रोजगारी सिर्जना गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।

यस ऐतिहासिक सम्झौता पत्रमा श्री स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक श्री राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ। श्री स्टील्सका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश अग्रवालको विशेष उपस्थितिमा यो सम्झौता सम्पन्न भएको हो। इमान्दारी र निष्ठाका साथ देश निर्माणमा योगदान पुर्‍याउँदै आएको यस कम्पनीले अब सर्वसाधारणलाई पनि आफ्नो व्यावसायिक यात्रामा साझेदार बनाउन लागेको जानकारी दिएको छ।