ताजा अपडेट

ट्रेन्डिङ

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामा पूर्ण रोक, कानुनी कारबाहीको चेतावनी

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र १६, २०८२
507 पटक हेरिएको
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामा पूर्ण रोक, कानुनी कारबाहीको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको नयाँ निर्देशन अनुसार अब आगामी २०८३ साल वैशाख १ गतेदेखि विद्यालय तथा उच्च शिक्षाका लागि लिइने प्रवेश परीक्षा तयारी कक्षा (Entrance Preparation) र ब्रिज कोर्स सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

चैत्र १५ गते जारी गरिएको यो प्रेस विज्ञप्ति मार्फत मन्त्रालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै अभिभावकमाथि अनावश्यक आर्थिक भार थपेको निष्कर्ष निकालेको छ। शिक्षामा समतामूलक पहुँच कायम गर्नका लागि यस्ता कार्यक्रमहरू बन्द गर्नु आवश्यक रहेको मन्त्रालयको ठहर छ।

मन्त्रालयले सम्बन्धित सबैलाई यो निर्देशनको पूर्ण पालना गर्न सूचित गरेको छ। यदि वैशाख १ गतेपछि पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रचलित कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको छ। सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित यो विज्ञप्तिले प्रवेश परीक्षाको नाममा सञ्चालित निजी कक्षाहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ।

gyankhabar education