ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर नगरपालिकाले आह्वान गर्यो नगरवासीका लागि शैक्षिक ऋण लिन

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ मङ्सिर २०७९, आईतबार
61 पटक हेरिएको
भक्तपुर नगरपालिकाले आह्वान गर्यो नगरवासीका लागि शैक्षिक ऋण लिन

भक्तपुर नगरपालिकाले चालु शैक्षिक सत्रमा शैक्षिक ऋण लिन चाहने नगरवासीका लागि ऋण लिन आउन सार्वजनिक आह्वान गरेको छ ।

ऋण लिन चाहनेहरूले मंसिर २९ गते बिहीबारभित्र आवश्यक कागजातसहित दरखास्त दिन सूचित गरेको छ।ऋणका लागि तोकिएको ढाँचामा निवेदनका साथै आवश्यक कागपत्र आवश्यक पर्छ। आर्थिक अभावका कारण  पढाइ पूरा गर्न नसकेकाले ऋण पाउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रत्येक वर्ष निरन्तर शैक्षिक ऋण प्रदान गर्दै आइरहेको छ। नगरपालिकाको व्यवस्था अनुसार प्रति विद्यार्थी पाँच लाखसम्म ऋण लिएर पढाइ गर्न सक्छन् । आर्थिक अवस्था कमजोर भएका कारण राम्रो विद्यार्थी भएर पनि पढ्न नपाउँदा त्यस्ता विद्यार्थीले समाजलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले ऋणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शैक्षिक ऋणका लागि कोष बनाएको भक्तपुर नगरपालिका- ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले बताए। एक वर्षमा ९१ जना छनौट गरेको उनले सुनाए। विगत चार वर्षदेखि भक्तपुर नगरपालिकाले शैक्षिक ऋण दिँदै आएको छ ।

पहिलो वर्षमा ४० जनाले मात्र निवदेन दिएका थिए। दोस्रो वर्ष एक सय १० जनाले निवेदन दिएका थिए भने तेस्रो वर्ष एक सय ४२ जनाले निवेदन दिएका नगरपालिकाले गराएको छ । यसअघिकोमा स्नातक, स्नाकोत्तर पढ्ने विद्यार्थीहरूले निवेदन दिएका थिए। अधिकांशले प्राविधिक विषयमा पढ्नका लागि निवेदन दिएका नगरपालिकाले जनाएको छ ।

शैक्षिक ऋण किस्तामा प्रदान गरिने छ । ऋणको वार्षिक व्याजदर ६ प्रतिशत रहेको छ। शैक्षिक ऋण विद्यार्थीको हातमा नभई नगरपालिका आफैले कलेजमा भुक्तानी गरिदिन्छ ।

पढाइ चार वर्षको छ भने चार वर्षमा नै ऋण तिर्नुपर्ने नियम छ। अन्तिम परीक्षा सकेको एक वर्षमा २५ प्रतिशत तिर्नुपर्ने हुन्छ। दोस्रो वर्षमा ५० प्रतिशत, तेस्रो वर्षमा ७५ प्रतिशत र चार वर्षमा शतप्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ ।