ताजा अपडेट

ट्रेन्डिङ

मोर्डन स्कुल एण्ड कलेज: गुणस्तरीय शिक्षा र स्वर्णिम भविष्यको उत्कृष्ट गन्तव्य

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ १, २०८३
37 पटक हेरिएको
मोर्डन स्कुल एण्ड कलेज: गुणस्तरीय शिक्षा र स्वर्णिम भविष्यको उत्कृष्ट गन्तव्य

बत्तीस वर्षको उत्कृष्ट शैक्षिक सफलताको गौरवपूर्ण इतिहास बोकेको भक्तपुरको सृजनानगर र दधिकोटमा अवस्थित मोर्डन स्कुल एण्ड कलेज एक प्रतिष्ठित र अग्रणी शैक्षिक संस्था हो। स्थापना कालदेखि नै समयसापेक्ष परिमार्जित शिक्षा प्रदान गर्दै आएको यस संस्थाले देशका लागि आवश्यक दक्ष र व्यावसायिक जनशक्ति उत्पादनमा विशेष ध्यान दिँदै आएको छ।

कलेजले केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र प्रयोगात्मक सिकाइमा उत्तिकै जोड दिँदै आएको छ। शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकास र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै कलेजले विद्यार्थी–केन्द्रित पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन गराउँदै आएको छ।

मोर्डन स्कुल एण्ड कलेजमा राष्ट्रिय पाठ्यक्रममा आधारित व्यवस्थित र प्रविधिमैत्री शिक्षण प्रणाली लागू गरिएको छ। अनुभवी, दक्ष र समर्पित प्राध्यापकहरूको टोलीले नियमित मूल्याङ्कन तथा प्रयोगात्मक शिक्षाका माध्यमबाट विद्यार्थीलाई अवधारणात्मक रूपमा सक्षम बनाउन विशेष सहयोग पुर्‍याउँछन्।

कलेजले अतिरिक्त क्रियाकलाप, खेलकुद प्रतियोगिता र शैक्षिक प्रदर्शनीहरूलाई विशेष प्राथमिकता दिएको छ। खेलकुदका विविध सुविधाहरू र रचनात्मक कार्यक्रमहरूका कारण यस कलेजका विद्यार्थीहरूले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उत्कृष्ट स्थान हासिल गरी कलेजको गरिमालाई सधैँ उच्च राख्दै आएका छन्।

भौतिक पूर्वाधारको मामिलामा कलेज उत्कृष्ट रहेको छ। यहाँ प्रविधिमैत्री कम्प्युटर ल्याब, डिजिटल र सङ्कलनयुक्त पुस्तकालय तथा फराकिला खेलमैदानहरू रहेका छन्, जसले विद्यार्थीलाई सुरक्षित, अनुशासित र अत्यन्तै प्रेरणादायी शैक्षिक वातावरण प्रदान गर्छ।

कलेजको दीर्घकालीन लक्ष्य सक्षम, नैतिक मूल्ययुक्त, सृजनशील तथा व्यावहारिक सोच भएका नागरिक उत्पादन गर्नु हो। यसै लक्ष्यलाई मूर्तरूप दिन यस वर्ष कलेजले कक्षा ११ मा भर्ना हुन चाहने एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि करिब ३२ जनालाई शत–प्रतिशत पूर्ण छात्रवृत्तिको घोषणा गरेको छ। यो छात्रवृत्ति स्कुल टपर्स, जेहेन्दार, महिला, दलित, जनजाति, पिछडिएका वर्ग, उत्कृष्ट खेलाडी तथा स्थानीय निकायको कोटा अन्तर्गत वितरण गरिनेछ। यसका साथै एसईई को GPA का आधारमा भर्ना र मासिक शुल्कमा १०% देखि १००% सम्म भारी छुटको व्यवस्था समेत गरिएको छ।

कलेज प्रशासनका अनुसार शैक्षिक गुणस्तरलाई उच्च राख्न र प्रत्येक विद्यार्थीमाथि व्यक्तिगत ध्यान दिनका लागि यस वर्ष विभिन्न संकायहरूमा सीमित सिट संख्या मात्र निर्धारण गरिएको छ। जस अन्तर्गत कम्प्युटर साइन्सका लागि १२० सिट, होटल म्यानेजमेन्ट र ट्राभल एण्ड माउन्टेनियरिङका लागि ८० सिट, बिजनेस स्टडिजका लागि ८० सिट र कानुन संकायका लागि ४० सिट मात्र सुरक्षित गरिएको छ। छात्रवृत्ति र भर्नाको अन्तिम छनोट विद्यार्थीको एसईई GPA र अन्तर्वार्तामा प्राप्त गरेको अङ्कको आधारमा वैज्ञानिक ढङ्गले गरिने कलेजले जनाएको छ।

किन रोज्ने मोर्डन स्कुल एण्ड कलेज ?
* ३२ वर्षको गौरवमय र विश्वसनीय शैक्षिक इतिहास
* प्रविधिमैत्री कक्षाकोठा र कम्प्युटर प्रयोगशाला
* जेहेन्दार र लक्षित वर्गका लागि आकर्षक एवं पूर्ण छात्रवृत्तिको व्यवस्था
* राष्ट्रिय स्तरका खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट सहभागिता
* सुरक्षित, अनुशासित र व्यावहारिक सिकाइ वातावरण

अभिभावक तथा विद्यार्थीहरूलाई कलेज भ्रमण गरी उत्कृष्ट शैक्षिक वातावरण अवलोकन गर्न कलेज प्रशासनले अनुरोध गरेको छ।