ताजा अपडेट

ट्रेन्डिङ

“Paper Bridge Competition” मा नेशनल कलेज अफ इन्जिनियरिङ्ग विजेता र उपविजेता

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ माघ २०७९, सोमबार
1450 पटक हेरिएको
“Paper Bridge Competition” मा नेशनल कलेज अफ इन्जिनियरिङ्ग विजेता र उपविजेता

थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडौंमा आयोजना गरिएको विभिन्न मोडेल प्रतिस्पर्धा मध्ये Paper Bridge Competition मा नेशनल कलेज अफ इन्जिनियरिङ्गको २ ओटा समूह विजेता र उपविजेता भएका छन् ।

Paper Bridge Competition मा सीमित सामग्रीहरू प्रयोग गरेर कम वजेटमा पुल निर्माण गरिन्छ । जसले सकेसम्म धेरै तौल थाम्ने हुनु पर्नेछ। यो सीमित समयमा पूरा गर्नुपर्दछ र डिजाइन गर्ने पुलको नाप सुरुमै तोकिएको हुन्छ । साथै नियमानुसार कागज र फेविकोल मात्र प्रयोग गरी बनाउनु पर्दछ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, ललितपुर इन्जिनियरिङ कलेज, नेशनल कलेज अफ इन्जिनियरिङ लगायतका क्याम्पसहरु सहित २६ ओटा टोली सहभागी रहेको प्रतिस्पर्धामा नेशनल कलेज अफ इन्जिनियरिङ्ग बाट २ ओटा टोली सहभागिता भएकोमा २ ओटै टोली क्रमश विजेता र उपविजेता हुन सफल भएका हुन् ।

११३ केजी र १२१ केजीको तौल थाम्न सक्ने पुलको तौल क्रमश ७५० ग्राम र ७९६ ग्राम रहेको जानकारी नेशनल कलेज अफ इन्जिनियरिङ्गका विधार्थी विपिन तिमल्सिनाले बताएका छन् । उनी यस प्रतियोगितामा प्रथम हुने मध्यका एक हुन् ।

यस भन्दा एक हप्ता अगाडि पनि नेशनल कलेज अफ इन्जिनियरिङ्गमा भएको इभेन्ट “यात्रा ४.०” मा पनि २० ओटा टोली मध्ये प्रथम हुन सफल भएको र नगद १० हजार सहित प्रमाणपत्र पुरस्कार पाएकोमा धेरै हौसला मिलेको उनले बताए ।