ताजा अपडेट

ट्रेन्डिङ

रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदकाे लिखित परीक्षा स्थगित

Gyan Khabar

ज्ञानखबर संवाददाता

२३ माघ २०७९, सोमबार
634 पटक हेरिएको
रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदकाे लिखित परीक्षा स्थगित

लोक सेवा आयोगले रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदकाे लिखित परीक्षा स्थगित गरेको छ ।

सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०७९-WO-०८०९ उपर मिति २०७१/१०/२० मा जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मिति २०७९ / १० / २३ गते बसेको बैठकको निर्णयबाट आयोगको विज्ञापन नम्बर १६६९२ / ०७९-८० देखि १६७०५/०७९-८०, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि मिति २०७९/१०/२८ गते सञ्चालन हुने गरी तोकिएको प्रथम चरणको परीक्षा कार्यक्रम तथा मिति २०७९ १२/२१ गते देखि सञ्चालन हुने गरी तोकिएका उक्त विज्ञापनका द्वितीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।