ताजा अपडेट

ट्रेन्डिङ

मन्टेशरी एजुकेशन स्कुलको स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र २६, २०७९
234 पटक हेरिएको
मन्टेशरी एजुकेशन स्कुलको स्काउट प्याक होलिडे कार्यक्रम सम्पन्न

भक्तपुर सूर्यविनायक स्थित मन्टेशरी एजुकेशन स्कुल अन्तर्गत संचालित मन्टेश्वरी एजुकेशन स्काउट प्याकको आयोजनामा भक्तपुर जिल्लामै पहिलो पटक स्काउट प्याक होलिडे कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा आफ्ना स्काउट शिक्षकको सहयोगमा स्काउट कब ब्राउनी विद्यार्थीहरुले विभिन्न क्राफ्ट तथा खानाका परिकारहरुको स्टल राखी आफ्ना अभिभावकहरुलाई आमन्त्रण गरिएको साथै सामाग्री एवं परिकारहरु विक्री वितरण गरिएको थियो ।

mes scout 3

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्काउटर अच्यूत प्रजापतिका अनुसार यस कार्यक्रमबाट कब ब्राउनी स्काउटहरुले एक आपसमा कसरी समन्वय गर्ने भन्ने कुरा सिक्ने जानकारी दिए। प्रजापतिले स्काउट कब ब्राउनीको लागि आयोजना गर्ने यस्ता कार्यक्रमले विविध शिप विकास हुनुका साथै बालबालिकामा राम्रो बोलीचालीका भाषाहरु विकास हुने र नेतृत्वकारी भूमिका निभाउन सहयोग पुग्ने बताए ।

mes scout 2

उक्त स्काउट प्याक होलिडे मा १० वटा विभिन्न स्टलहरु राखिएको थियो। विद्यालयका धेरै अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यालयका ३५ जना स्काउट कब ब्राउनी विद्यार्थीहरुको सहभागिता रहेको सो स्काउट प्याक होलिडे कार्यक्रम विद्यायलको प्राङ्गणमै सम्पन्न भएको हो।

mes scout 1