भक्तपुरमा प्याव्सन आवद्ध स्कुलहरुबाट एसइइ उतीर्ण गरी जिल्लाका हिसान आवद्ध स्कुलहरुमा कक्षा ११ भर्ना भए ५० प्रतिशत छुट दिने भएको छ ।
शुक्रबार जिल्ला प्याव्सन भक्तपुर र जिल्ला हिसान भक्तपुर बीच एक कार्यक्रमका साथ समझदारीपत्रमा दुईपक्षीय सम्झौता भएको हो । सम्झौतामा प्याव्सन जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान जिल्ला अध्यक्ष अनिल कसपालले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा अन्य थप तीन बुँदा गरी कुल चार बुँंदाहरु छन् । सम्झौतामा प्याव्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उचच शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय कलेजहरुले आवश्यक थप छुट सहुलियत पनि दिने सम्झौता भएको छ ।
साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने सहकार्यमा पनि सम्झौता भएको छ । साथसाथै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ ।
कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण वनाउन प्याव्सनबाहेक जिल्लाको एन प्याव्सनलगायतका संगठनहरुसँंगै पनि यही प्रकारको सम्झौता गरी अगाडि वढने जानकारी गराए ।