अछामको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोट स्थित सरस्वती आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई नि:शुल्क विद्यालय पोषाक र शैक्षिक सामाग्री बितरण गरेको छ ।
वडा कार्यालयको सहयोगमा विद्यालयका कक्षा १ देखि ५ सम्मका ६१ विद्यार्थीलाई नि:शुल्क विद्यालय पोषाक र शैक्षिक सामाग्री बितरण गरिएको वडाध्यक्ष हिम्मत कडायतले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति गराउन शैक्षिक सामाग्रीकै कारण विद्यार्थीले विद्यालय नआउने अवस्था नआओस् भनेर शैक्षिक सामाग्री र विद्यालय पोषाक बितरण गरिएको वडा अध्यक्ष कडायतले बताए ।
वडा अध्यक्ष कडायतका अनुसार हाल शिशु कक्षा देखि ५ सम्म रहेको सरस्वती आधारभुत विद्यालयमा सबै विद्यार्थीले आवश्यक शैक्षिक सामाग्री विद्यालयमै नि:शुल्क पाउने गरेका छन् । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री र विद्यालय पोषाक वडा कार्यलयले नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।