ताजा अपडेट

ट्रेन्डिङ

नेशनल होर्टिकल्चर एक्स्पो २०८० चैत १६ देखि १९ सम्म हुने

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ चैत २०८०, मङ्गलबार
32 पटक हेरिएको
नेशनल होर्टिकल्चर एक्स्पो २०८० चैत १६ देखि १९ सम्म हुने

नेपालमै पहिलो पटक होर्टिकल्चर एक्स्पो आयोजना हुनेछ भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नेपालमै पहिलो नेशनल होर्टिकल्चर एक्स्पो २०८० हुन लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा यहीं चैत १६ देखि १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका विरुवा तथा फूल प्रदर्शनीमा राखिने नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

पुष्प, फलफूल, जडिबुटी तथा बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिन लागेको तिमिल्सिनाले बताए । उनले भने, ‘मेलामा विभिन्न प्रजातीका फूल फल्ने तथा नफल्ने आलंकारीक फल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफल नर्सरी बाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छन् ।’

एक्स्पोमा ७८ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल र अफिसियल ८ वटा गरि ९० वटा स्टल रहने नर्सरी व्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा यो एक्स्पोका संयोजक रामजी कुँवरले जानकारी दिए । उनले भने, ‘साथै मलखाद, अर्गानिक एवं रसायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौं ।’

साथै नर्सरी व्यवसाय गर्न आवश्यक ग्रिन हाउस प्रविधि, औजार उपकरण, प्लास्टिक मेटेरियल, मलखाद, विउ विजन साथै नमुना वगैंचा, ट्राफिक आइल्याण्डहरुको प्रदर्शनी गरिने उनले बताए ।

एक्स्पोमा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा प्रवेश शुल्क १०० रुपैँया र विद्यार्थी र वृद्धाका लागि भने ५० रुपैँया तोकिएको छ । एक्स्पो आयोजना गर्नलाई थाइल्याण्डको सीड कम्पनी आगा, नेपाल टेलिकम, वनस्पती विभाग, पुष्प विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि मन्त्रालय, राष्ट्रिय वीउ विजन केन्द्र, प्लानट क्वारेन्टाइनलगायतको सहयोग रहेको संयोजक कुँवरले बताए ।