ताजा अपडेट

ट्रेन्डिङ

बिनायकमा दिक्षान्त समाराेह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, बैशाख १४, २०८१
496 पटक हेरिएको
बिनायकमा दिक्षान्त समाराेह सम्पन्न

 बिनायक स्काउट ट्रुप, बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिमा एक समाराेहबीच दिक्षान्त समाराेह सम्पन्न भएकाे छ ।

स्काउटकाे पहिलाे तह, सदस्यता तहपछिकाे सम्पूर्ण काेर्षहरू पूरा भए पश्चात् दाेस्राे तह, बि.पी. पिक ब्याच बितरण गर्दै स्काउटहरू श्री तुल्सीहरि प्रजापति, श्री सानु चक्रधर, यमुना प्रजापति र लक्ष्मी केशरी प्रजापतिले बधाई तथा शुभकामना ब्यक्त गरे ।

बिशिष्ट अतिथिकाे बधाई मन्तव्य राख्दै ईकाई अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिले संस्कारयुक्त शिक्षा आजकाे आवश्यकता भएकाे र त्यसकाे भरपर्दो माध्यम स्काउटिङ्ग शिक्षा भएकाे धारणा व्यक्त गरे ।

कुल ३२ जना स्काउटहरूलाई दिक्षित गरिएकाे उक्त समाराेह नयाँ थप २० जना स्काउटहरूकाे पनि उपस्थिति रहृकाे थियाे । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका प्रमुख आयुक्त समेत रहेका स्काउटर तुल्सीहरि प्रजापतिले चालु शैक्षिक वर्षमै स्काउटहरूलाई छैठाैँ तहसम्म पुर्याउने ट्रुपकाे लक्ष्य रहेकाे बताउँदै सबैलाई नियमित कक्षा र दैनिक १५ मिनेट स्काउटिङ्ग सम्बन्धि थप अध्ययनमा लाग्न अभिप्रेरित गरे ।

438204586 987031122941404 4143689469899044365 n 438209138 819510383561875 5310299409442974359 n