ताजा अपडेट

ट्रेन्डिङ

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नियुक्त

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ ब‌ैशाख २०८१, मङ्गलबार
123 पटक हेरिएको
मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नियुक्त

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ ।

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेको हो ।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन तथा गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।