ताजा अपडेट

ट्रेन्डिङ

मकवानपुरगढी गाउँपालिका १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा

Gyan Khabar

ज्ञानखबर

२८ ब‌ैशाख २०८१, शुक्रबार
213 पटक हेरिएको
मकवानपुरगढी गाउँपालिका १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर -१ लाई  अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको छ ।  बिहिबार एक कार्यक्रम बीच गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिनले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरेको हो ।

घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष पाख्रिनले आम वडाबासिलाई साक्षी राखेर यस्तो कार्यक्रमको घोषणा गर्न पाएकोमा खुसि व्यक्त गरे । कार्यक्रमा बोल्दै पाख्रिनले वडाभित्र बसोवास गर्दै आएका विद्यालय जाने उमेरका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेका पाइएकाले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए । साथै विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिनको लागि पनि पाख्रिनले अनुरोध गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गर्न लागिएको र आज वडा नम्बर – १ बाट घोषणा कार्यक्रम सुरु गरिएको र विस्तार सबै वडामा यो कार्यक्रम घोषणा गरिने कार्कीले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुने कुरा ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत बताए ।

घोषणा कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलान, गाउँपालिकाका प्रशासन प्रमुख रधुनाथ हुमागाई,  एम‍‍‍. आई. एस. अपरेटर मनोज देवकोटा,  वडाका सामुदायिक विद्यालयका अध्यक्षहरु, प्रअहरु ,शिक्षक, बाल समूह, किशोरी समूह, राजनैतिक दल, टोल विकास सस्था, आमा समूह, वडा जनप्रतिनिधिहरु, वन समूह लगायत सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

निःशुल्क शिक्षा लागु भएको वडा घोषणा कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाई जेठ मसान्त भित्र मकवानपुरगढी गाउँपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलानले बताए ।