मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका तीनजना विद्यार्थीहरूले चाइनिज राजदूतावासबाट छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् ।
अतिरिक्त क्रियाकलापमा नेतृत्व र संलग्नता पढाइमा अबलता तथा चाइनिज भाषा र विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गरेको आधारमा चाइनिज राजदूतावासले उनीहरूलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो ।
सो छात्रवृत्तिमा विद्यालयका छात्राहरू नायरा प्रजापति, चार्बी बाडे र निमा तामाङ छनौट भएका थिए । जसमा छात्रा नायरा प्रजापतिले रु १ लाख प्राप्त गर्न सफल भएकी थिइन् भने चार्बी बाँडे र निमा तामाङले क्रमश ५० /५० हजार प्राप्त गर्न सफल भएका थिए।
छात्रवृत्तिको चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अनुशासित बनी हरेक क्रियाकलापमा सक्रिय सहभागी भए कुनै पनि विद्यार्थीले नेतृत्व क्षमताको विकास गर्न सक्ने र भविष्यमा सफल व्यक्ति बन्न सक्ने भएकाले सम्पूर्ण विद्यार्थी लगनशील र मेहनती बनी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।