त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त गरेको छ ।
त्रिविका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर बज्राचार्य र व्यवस्थापन सङ्कायमा प्राडा महानन्द चालिसेलाई नियुक्त गरिएको छ ।
त्यस्तै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा प्राडा दुबिनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र सङ्कायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शङ्कर खनाललाई डिनमा नियुक्त गरिएको छ ।