ताजा अपडेट

ट्रेन्डिङ

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ ९, २०८०
865 पटक हेरिएको
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरिएको जानकारी गराएको हो ।

इन्जिनियरिङ अध्ययन संस्थानबाट गठित “बि.ई./बि.आर्क भर्ना शुल्क पुनरावलोकन समिति – २०८०” को सिफारिसको आधारमा बि.ई./बि.आर्क भर्ना शुल्कवृद्धि गरिएको व्यहोरा सबैमा जानकारी गराउछौ ।

त्रिभुवन विश्वविद्यालय, ई.अ.सं. ले मिति २०८०/०५/०५ देखि संचालन गरेको बि.ई/बि.आर्क. प्रवेश परीक्षा र सार्वजनिक गरेको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो र विरोध व्यक्त भएकोले, बि.ई/बि.आर्क. प्रवेश परीक्षा सम्बन्धि २०८०/०५/१९ पछिका सम्पूर्ण पुर्वप्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरिएको हो ।

साथै, सरोकारवाला पक्षहरु (प्राध्यापक, कर्मचारी तथा विद्यार्थी) तथा आन्दोलनरत संघ/संगठनहरुलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकाससहित शैक्षिक वातावरण कायम गर्न अपिल गरेको छ ।

ioe admission notice 1