ताजा अपडेट

ट्रेन्डिङ

इच्छाकामना गाउँपालिकाद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

Gyan Khabar

ज्ञानखबर

सोम, बैशाख १७, २०८१
880 पटक हेरिएको
इच्छाकामना गाउँपालिकाद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

चितवनको इच्छाकामना गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । गाउँपालिले आर्थिक बर्ष २०८०/८१ निति तथा कार्यक्रम अन्तरगत उच्च शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई शैक्षिक सहायता छात्रवृति वितरण गरेको हो ।

गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र बहादुर रोकायका अनुसार ३३ जनालाई रु १ लाख ३८ हजार ५०० रुपैयाँ छात्रावृति वितरण गरिएको हो । उनले जनही दुई हजार देखि १० हजार सम्म छात्रवृति वितरण गरिएको बताए।

यस आर्थिक बर्षमा रु ५ लाख छात्रवृति वितरण गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । प्राविधिक धारका शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।