ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक सम्मानित

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर १, २०८१
996 पटक हेरिएको
नेसनल प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक सम्मानित

नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् ।

नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समय देखि हाल सम्म पनि निरन्तर अध्यापनरत शिक्षकहरुलाई प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गर्नु भएको सम्मान कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएर थप हौसला प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथि मन्त्री थापाले नेसनल प्याव्सनले यसरी शिक्षा सेवामा ईमान्दारीता र सक्रियतापूर्वक सेवा गर्ने शिक्षकलाई सम्मान गरेकोमा नेसनल प्याव्सन भक्तपुलाई आभार प्रकट गर्नु भएको थियो । मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्था बारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागि परेको बताउनु भयो । साथै विद्यालयहरुमा पनि स्वास्थ्य शीविर संचालन गर्न सुझाव दिदै यसमा सहयोगि भूमिका खेल्ने बताउनु भयो ।

नेसनल प्याव्सनको जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न नवौं वार्षिक साधारण सभाको उदघाटन समारोहको अवसरमा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई अध्यक्ष खड्काले बधाई एवं सफल र सबल कार्यकालको लागि शुभकामना प्रदान गरी सम्मान गर्नु भएको थियो ! अध्यक्ष खड्काले सदस्य विद्यालयको जस्तो सुकै परिस्थितिमा पनि साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा रहेर अध्यापन गराउनु हुने शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताउनु भयो ।

Messenger creation CB5D71E0 CB36 44E2 B211 31A5B025820E

नेसनल प्याव्सनका जिल्ला सचिव कुमार थापामगरले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांले गर्नु भएको थियो भने सबै उपस्थित व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष रामप्रसाद खाताखोले गर्नु भएको थियो ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार मरासंघ भक्तपुर अध्यक्ष जगत प्रजापति, रासस प्रतिनिधी रमेश गिरी, पत्रकार हरि छुकां, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगाएको उपस्थिति थियो ।

नवौं वार्षिक साधरण सभाको दोश्रो चरणमा कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको थियो ! अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो । साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरिएको थियो ।