ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा रोबोटिक तथा पुरातात्विक सामग्रीहरूको प्रदर्शनी

Gyan Khabar

ज्ञानखबर

शुक्र, मंसिर २१, २०८१
551 पटक हेरिएको
विनायकमा रोबोटिक तथा पुरातात्विक सामग्रीहरूको प्रदर्शनी

मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले रोबोटिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण सामग्रीहरूको प्रदर्शनी कार्यक्रम गरेको छ ।

विद्यार्थीहरुलाई एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिबारे परिचित गराउने तथा समाजमा परम्परादेखि प्रयोग गरिरहेका तर हाल लोपन्मुख अवस्थामा रहेका पुरातात्विक मूल्य र मान्यता अनुसारका सामग्रीहरू प्रदर्शन गर्दै विद्यार्थीहरुलाई प्रयोगात्मक तथा जीवनपयोगी कुराहरू सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएको तथा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विज्ञान र प्रविधि प्रयोग गरी आफूले बनाएका २४ ओटा रोबोटिक प्रोजेक्ट तथा आफ्नो घरमा भएका पुरातात्विक दृष्टिले महत्त्वपूर्ण करिब २०० वटा प्राचीन सामग्रीहरू समेत प्रदर्शन गरी त्यसको वैज्ञानिक, प्राविधिक, ऐतिहासिक र पुरातात्विक महत्वका बारेमा प्रकाश पारेका थिए ।

FB IMG 1733498671636

विशेष गरेर मध्यपुर थिमीमा पहिलोपटक औपचारिक रूपमा रोबोटिक कक्षा सञ्चालन गरी रोबोटिक प्रदर्शनी गर्न सफल विद्यालय विनायक शिक्षा निकेतन बन्न सकेकोमा उपस्थित अतिथि अभिभावक तथ शुभचिन्तकहरूले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमलाई भव्य र सभ्य सफलताको शुभकामना दिएका थिए।

FB IMG 1733498687897

FB IMG 1733498693399