ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा सुधार र भविष्यको दृष्टिकोण बिषयक शैक्षिक संवाद सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, माघ ५, २०८१
995 पटक हेरिएको
शिक्षा सुधार र भविष्यको दृष्टिकोण बिषयक शैक्षिक संवाद सम्पन्न

प्रधानाध्यापक संघ, नेपाल (PAN) सुदूर पश्चिम प्रदेश कार्यसमितिको आयोजनामा, सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा “शैक्षिक संवाद: शिक्षा सुधार र भविष्यको दृष्टिकोण” विषयक कार्यक्रम धनगढी नमुना प्राविधिक माविको सभाहलमा माघ ४ गते शुक्रवारका दिन सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कृष्णपुर नगरपालिका, कञ्चनपुरका नगरप्रमुख श्री हेमराज ओझा, सुदूर पश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा. डा. श्री भवानसिंह चलाउने, श्री बैजनाथ मावि, कञ्चनपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अच्युत कलौनी, र पूर्व प्रधानाध्यापक/प्राध्यापक प्रेमराज भण्डारीको उपस्थिति रहेको थियो ।

FB IMG 1737253964799

प्रधानाध्यापक संघ, नेपाल सुदूरपश्चिम प्रदेश, विभिन्न जिल्ला र स्थानीय कार्यसमितिका सदस्हयरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, लगायतको सहभागीता रहेको सो कार्यक्रमलाई सुधार र समृद्ध भविष्यका लागि नयाँ दिशा प्रदान गर्ने विश्वास लिएको छ ।

FB IMG 1737253953753