ताजा अपडेट

ट्रेन्डिङ

२०८१ पुष २९ देखि मात्र शिक्षक सेवा निवृत्तभरण कोषमा

Gyan Khabar

ज्ञानखबर

सोम, माघ ७, २०८१
8150 पटक हेरिएको
२०८१ पुष २९ देखि मात्र शिक्षक सेवा निवृत्तभरण कोषमा

निवृत्तभरण कोष ऐन, २०७५ मा सरकारले अध्यादेश मार्फत “शिक्षक सेवा” थप गरेकोमा ऐन बनेपछि मात्र लागु हुने सिद्धान्त अनुरुप सो दफा कार्यान्वयन हुने भएकोले २०८१ पुष २९ देखि मात्र शिक्षक सेवा निवृत्तभरण कोषमा समावेश हुने भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले फेसबुक मार्फत स्पष्ट गर्दै भने “निवृत्तभरण कोष ऐन, २०७५ मा ‘शिक्षक सेवा’ सरकारले अध्यादेश मार्फत थप गरेकोमा आम शिक्षकहरुले स्पष्टता खोज्नु भएको छ । ऐन बने पछि मात्र लागु हुने सिद्धान्त अनुरुप नै यो दफा कार्यान्वयन हुने जानकारी गराउन चाहन्छु । २०८१ पुष २९ देखि मात्र शिक्षक सेवा निवृत्तभरण कोषमा समावेश भएको मानिनेछ भन्ने समेत स्पष्ट गर्न चाहन्छु ।”