ताजा अपडेट

ट्रेन्डिङ

नेशनल साईबर ओलम्पियाड – २०८१, +२ संस्करण सुरू

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन ६, २०८१
520 पटक हेरिएको
नेशनल साईबर ओलम्पियाड – २०८१, +२ संस्करण सुरू

प्रशिक्षणको आयोजना तथा पाइला क्रिएसनको व्यवस्थापनमा नेशनल साईबर ओलम्पियाड – २०८१, +२ संस्करणको पहिलो प्रतियोगिता फागुन ५ गते देखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भयो।

फागुन ५ गतेदेखि सुरु भएको यस कार्यक्रममा काठमाडौं उपत्यकाका ३० भन्दा बढि +२ कलेज/स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।

नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताहो जसमा सहभागी हुन +२ कलेज/स्कूलका टिमहरुले फागुनको २ गतेसम्म दर्ता गराएका थिए ।

आयोजकका अनुसार यो प्रतियोगिताको पाँचवटा विद्यालय स्तरीय संस्करण यसअघि २०७१, २०७२, २०७३, २०७९ र २०८१ मा सफल रुपमा आयोजना भईसकेको र +२ संस्करण पहिलोपटक सम्पन्न हुन गइरहेको हो। प्रतियोगिता Qualifying, Semifinal र Final गरीतीनचरणमा Knock Out पद्तिबाट संचालन हुनेछ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरुमा दर्ता भएका प्रतियोगी समुहवीच प्रतिस्पर्धा गराइनेछ।

नेशनल साईब रओलम्पियाड – २०८१ प्रतियोगितामा उत्कृट हुने टिमले तीसहजार नगदपुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ।

FB IMG 1740371972487

प्रतियोगिताको ओरिन्टेसन फागुन ५ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता फागुनको १५ गते सम्पन्न हुनेछ। सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा गरी सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर प्राप्त गर्नेछन्।

FB IMG 1740371977505

संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले लगातार पाँचवटा स्कूल संस्करणको सफलतापूर्वक सम्पन्नताले आयोजकहरूमा उत्साह मात्र ल्याएन, +२ का विद्यार्थीहरूबाट बलियो माग पनि उत्पन्न भएको बताए, जसले गर्दा प्रतियोगिता +२ का विद्यार्थीहरूमा विस्तार गर्ने निर्णय यस वर्षदेखि गरिएको हो।