ताजा अपडेट

ट्रेन्डिङ

लालीगुराँस विद्या सदनको वार्षिक पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १९, २०८१
1595 पटक हेरिएको
लालीगुराँस विद्या सदनको वार्षिक पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम सम्पन्न

तारकेश्वर-२, काठमाडौंस्थित लालीगुराँस विद्या सदनको वार्षिक पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम फागुन १७ गतेका दिन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाकी उपप्रमुख शृर्जना बुर्लाकोटीले तारकेश्वर नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्न निरन्तर अनुगमन गरिरहेको जानकारी दिइन्। उनले निजी विद्यालयहरूले विद्यार्थी संख्या वृद्धिसँगै भौतिक पूर्वाधार र बालमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने र अभिभावकहरू पनि विद्यालयसँग निरन्तर सम्पर्कमा रहनुपर्ने कुरामा जोड दिइन्। बुर्लाकोटीले लालीगुराँस विद्या सदनले छोटो समयमा हासिल गरेको भौतिक र शैक्षिक प्रगतिप्रति उच्च प्रशंसा व्यक्त गर्दै आगामी दिनका लागि शुभकामना दिइन्।

२०६७ सालमा मन्टेश्वरी स्कूलको रूपमा स्थापित यो विद्यालय, तारकेश्वर नगरपालिकाको ढकालटारमा अवस्थित छ। शैक्षिक सत्र २०७९ देखि “प्रतिस्पर्धी पुस्ताको लागि ज्ञान” भन्ने नाराका साथ नयाँ व्यवस्थापनले विद्यालय सञ्चालन गरिरहेको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष शंकर प्रसाद भट्टका अनुसार, विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा ९ सञ्चालन गर्ने तयारी गरिरहेको छ।

विशेष अतिथि प्रा.डा. भट्टले विद्यालयले प्रदान गर्ने शिक्षा र संस्कारले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए। उनले नयाँ व्यवस्थापनले छोटो समयमै तारकेश्वर नगरपालिकामा उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाएको र अभिभावकहरूको मन जित्न सफल भएकोमा प्रशंसा व्यक्त गरे।

FB IMG 1740967699664

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, नाटक, गीत र भाषण प्रस्तुत गरेर उपस्थित अतिथि र अभिभावकहरूको मन जितेका थिए।

कार्यक्रममा विद्यालयका सञ्चालक, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय शिक्षाप्रेमी, भद्रभलाद्मी, बुद्धिजीवी, टोल विकास समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरू गरी करिब ४५० जनाको उपस्थिति रहेको थियो।

FB IMG 1740967703316

FB IMG 1740967640420