शिक्षकहरूका लागि निवृत्तिभरण कोष २०८२ वैशाख १ गतेदेखि मात्र लागू हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीले आज प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा संशोधन स्वीकार गर्दै यस्तो घोषणा गरेका हुन् ।
विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव गरिएको थियो । तर, निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५/१२/४ बाट प्रारम्भ भएकोले प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि संशोधन स्वीकार गरिएको मन्त्रीले बताए ।
अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल असार १ गतेदेखि प्रारम्भ हुनेछ । यसअघि यो व्यवस्था २०८२ बैशाख १ गतेदेखि लागू हुने भनिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सचिवालयले जारी गरेको सूचना अनुसार यो संशोधनले शिक्षकहरूलाई निवृत्तिभरण कोषमा सहभागी हुन थप समय प्रदान गरेको छ ।
यस निर्णयसँगै शिक्षकहरूले निवृत्तिभरण कोषमा सहभागी हुन पाउने भएका छन् । यो व्यवस्थाले शिक्षकहरूको भविष्य सुरक्षित बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।