ताजा अपडेट

ट्रेन्डिङ

शिक्षक र सरकारबीच निर्णायक वार्ता आज दिउँसो २ बजे, आन्दोलन जारी !

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख १७, २०८२
2224 पटक हेरिएको
शिक्षक र सरकारबीच निर्णायक वार्ता आज दिउँसो २ बजे, आन्दोलन जारी !

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। हिजो राति अबेरसम्म भएको छलफल निष्कर्षविहीन भएपछि आज दिउँसो २ः०० बजे शिक्षा मन्त्रालयमा पुनः वार्ता तय भएको हो।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार आजको वार्तामा महासंघले प्रस्तुत गरेको ९ बुँदे मागपत्रमा सहमति खोजिनेछ। सहमति जुटेमा पहिलो चरणमा मन्त्रिपरिषद्बाट निर्णय गराइने र दोस्रो चरणमा संसदबाट विधेयक पारित गराउने योजना रहेको उनले बताए।

यद्यपि, वार्ता जारी रहे पनि महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिएको छ। अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसार बिहान ११ः०० बजेदेखि नयाँ बानेश्वर–माइतीघर खण्डमा शिक्षकहरूको प्रदर्शन जारी छ।

आजको वार्तालाई दुवै पक्षले महत्वपूर्ण मानेका छन्। शिक्षकहरू आफ्ना मागहरू पूरा गराउन दबाब दिइरहेका छन् भने सरकार समस्याको समाधान खोज्ने प्रयासमा छ। अबको केही घण्टामा हुने वार्ताले आन्दोलनको भविष्य र शिक्षकहरूको माग सम्बोधन हुने नहुने टुंगो लगाउने अपेक्षा गरिएको छ।