ताजा अपडेट

ट्रेन्डिङ

इडेन गार्डेन इङ्लिस स्कुलमा कविता प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, साउन १३, २०८२
2310 पटक हेरिएको
इडेन गार्डेन इङ्लिस स्कुलमा कविता प्रतियोगिता सम्पन्न

विधार्थीहरूको नेपाली साहित्य सृजनाप्रतिको अभिरूचिलाई अभिबृद्धि गर्ने उदेश्यले इडेन गार्डेन इङ्लिस स्कुलले नेपाली साहित्य सृजना तथा वाचन कार्यक्रम अन्तरगत कविता प्रतियोगिता सम्पन्न गरेको छ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ८० जना विधार्थीहरूले सहभागिता जनाएका थिए। विद्यालयमा नवगठित साहित्य तथा सिर्जना क्लब अन्तरगतको यो पहिलो कार्यक्रम रहेको थियो । कार्यक्रममा विधार्थीहरूले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए।

20250729 112912

समापन तथा पुरस्कार वितरण समारोहमा मन्तव्य दिदै विद्यालयका सह- प्रधानाध्यापक अनिश राईले विधार्थीहरूलाई नेपाली साहित्यप्रति अगाध आस्था राख्न र नेपाली साहित्यको उत्थान गर्न अहिले देखिनै लागि पर्नुपर्ने कुरामा प्रेरित गर्दै आगामी दिनमा विद्यालयमा गठित साहित्य तथा सिर्जना क्लबले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्ने कार्यक्रमहरु गर्नु पर्ने कुरामा जोड दिए।

विजयी विधार्थीहरूको प्रोत्साहनको लागि विधालयले पदक तथा प्रमाणपत्र समेत व्यवस्था गरेको थियो। उक्त कार्यक्रममा प्रथम स्थान कक्षा ९ कि सुप्रिया प्रधान, दोस्रो स्थान कक्षा ८ का विश्वास मैनाली, तेस्रो स्थान कक्षा ८ कि प्रतिज्ञा सापकोटा र सान्तवना पुरस्कार कक्षा ७ का प्रस्तुत काफ्लेले प्राप्त गरेका थिए ।

विजयी विधार्थीहरूलाई विधालयका सह- प्रधानाध्यापक अनिश राइले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।